धादिङ,०५ फागुन ।
पछिल्लो २४ घण्टामा धादिङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जना नै संक्रमण मुक्त भएका छन् ।
आज जिल्लाभर गरीएको ५६ एन्टिजेन परीक्षणमध्ये धादिङ अस्पतालमा ७, धुनिबेशी नगरपालिकामा ४, नीलकण्ठमा २, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकामा १/१ जना गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा अब सक्रिय संक्रमित ५६ जना बाँकी रहेका छन्। संक्रमित मध्ये ५४ जना होम आइसोलेसनमा र २ जना अस्पताल आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर(पर्सेन्टेज पोजिटिभिटी रेट) २६ प्रतिशत रहेको छ । बुधबार तिन संक्रमित थपिएका थिए ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४८० पुगेको छ। संक्रमित मध्ये ९ हजार ३६३ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |