धादिङ,१२ फागुन।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङ उपाध्यक्षमा चयन हुनुभएको राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |