किभ—युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।
रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।
यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |