धादिङ,२५ फागुन।
११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेत्रावती डबजोङ गाउँपालिकामा लोकगित प्रतियोगिता सम्पन्न भएको छ।
गाउँपालिकाको महिला शाखाको आयोजनामा भएको लोकगित प्रतियोगितामा १२ वटा समुहको सहभागिता रहेको थियो ।प्रतियोगितामा बेलडाँडी आमा समुह प्रथम,चौतारा आमा समुह द्धित्तिय, गोरखकाली आमा समुह तृत्तिय र सेमजोङ आमा समुह सान्तवना भएका छन्।
प्रतियोगितामा समुहगत प्रथम हुनेलाई १० हजार, द्धितियलाई ५ हजार, तृतियलाई ३ हजार, सान्तवना हुनेलाई १ हजार र सहभागि समुहलाई प्रोत्साहन स्वरुप १÷१ हजार प्रदान गरिएको गाउँपालिकाको महिला विकास शाखा प्रमुख बेल कुमारी घर्तिले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तामाङले महिला विरोधी हिंसा, विभेद, असमानता र दुर्व्यवहारको सम्पूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताउनुभयो। महिलाहरुहरुलाई दोस्रो दर्जामा राखेको भन्दै उहाँले संविधानमा छोरीलाई पनि छोरा सरह पैतृक सम्पतिमाथिको अधिकार छ, कानुनमा छ तर जीवन र व्यवहारमा नभएको बताउनुभयो।
महिला विका शाखा प्रमुख घर्तिको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तामाङको प्रमुख आतिथ्यता तथा बिभिन्न शाखाका शाखा प्रमुख,संघसंस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |