काठमाडौं, १ चैत
गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकसँगै उक्त कार्यक्रममा विभिन्न १३ जना व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ ।
स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दिपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जुसरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा.सुदीप श्रेष्ठलाई सम्मान गरिएको हो ।
‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट वेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समीक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयम आफै ‘म’ पात्र भएर प्रस्तुत भएकी छन् ।
अभिनेत्री मनिषा कोइरालाले लेखिकाप्रति आफूले गर्व महसुस गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रशंसा गरिन् । क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताइन् । लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित भएकी थिइन् । उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पीडितहरूको उपचार गराइरहेकी छन् । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |