एजेन्सी
कोलम्बो, २० चैत
श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिबन्ध पूर्णरुपमा उपयोगहीन भएको बताउँदै उनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।
श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ । गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यू लगाएको सरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।
युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |