एजेन्सी
इस्लामाबाद, २० चैत
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए।
एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।
प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो ।
यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |