किभ, २१ चैत
युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।
युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।
त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सडकमा शवहरूको दृश्यलाई पाशविक भनेका छन् ।
यसैबीच रुसी सेनाले रणनीतिक दक्षिणको बन्दरगाह सहर ओडेसामा गोलाबारी तीव्र पारेको छ । -एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |