Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २२, बुधबार २ : १९ : ४३
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

४६ मिनेट अघि
२

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ दिन अघि
३

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ दिन अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

३ दिन अघि
५

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

३ दिन अघि
६

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

३ दिन अघि
७

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

४ दिन अघि
८

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

४ दिन अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
११

लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५–२६ को अध्यक्षमा विक्रम विश्वकर्मा चयन

१ हफ्ता अघि
१२

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

१ हफ्ता अघि

धेरै पढिएका

१

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ हफ्ता अघि
२

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ दिन अघि
३

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

४ हफ्ता अघि
४

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

१ हफ्ता अघि
५

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

३ दिन अघि
६

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

४ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

३ दिन अघि
८

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

३ हफ्ता अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ दिन अघि
१०

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

३ हफ्ता अघि
११

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

२ हफ्ता अघि
१२

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

३ हफ्ता अघि

स्थानीय चुनाव सार्नुपर्ने माधव नेपालको निरन्तर अभिव्यक्ति, आयोग भन्छ- निर्वाचन सारे लोकतन्त्र हार्छ

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ चैत्र २९, मंगलबार (३ साल अघि)
  • ४९९ पटक पढिएको
स्थानीय चुनाव सार्नुपर्ने माधव नेपालको निरन्तर अभिव्यक्ति, आयोग भन्छ- निर्वाचन सारे लोकतन्त्र हार्छ

काठमाडौं, २९ चैत 

सत्तारुढ गठबन्धनका प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पछिल्ला अभिव्यक्तिले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनप्रति उनमा ‘मुड’ नभएको देखिएको छ ।

७ असोज २०७४ मा निर्वाचित जनप्रतिनिधिको अवधि पाँच वर्ष नपुगेको, म्याद नपुगी निर्वाचन गराएर जनप्रतिनिधिको संवैधानिक अधिकार खोसेको, २ वैशाखमा आउने सर्वोच्च अदालतको फैसला तथा शान्ति प्रक्रियामा आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिन दिनुपर्नेजस्ता कारण देखाउँदै उनले ३० वैशाखको निर्वाचनप्रति ‘मुड’ नदेखाएका हुन् ।

निर्वाचन आउन ३२ दिन बाँकी रहँदा आन्तरिक पार्टी प्रशिक्षण लागि सोमबार पर्वत पुगेका नेपालले खुलासा नै गरिदिए– चन्द समूह निर्वाचनमा आउँछ भने निर्वाचन सार्न सकिनेछ, त्यसका लागि गठबन्धनका नेताहरू सकारात्मकसमेत छन् ।

‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस्, उहाँलाई (चन्द समूह) स्वागत छ,’ निर्वाचन सार्ने आशंकाबारे सञ्चारकर्मीको प्रश्नको जवाफमा नेपालको जवाफ थियो, ‘विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरू तयार हुनुहुन्छ, विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’ अध्यक्ष नेपालले विप्लव समूहका लागि निर्वाचन सार्ने सकिने बताउनुअघि पनि दुई तीनवटा कारण सार्वजनिक गरिसकेका छन् ।

गत २६ चैतमा पनि नेकपा एस निकट दोलखा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गर्दै सार्नुपर्नेमा जोड गरेका थिए ।

‘वैशाख ३० गते चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडि सारेको छ- समस्या त छ,’ नेपालले तर्क गरेका थिए, ‘जेठको ५ गते पहिलो चुनाव भएको थियो, असारको १५ गते अर्को चुनाव भएको थियो, असोजको ७ गते अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरूको अझै पाँच वर्ष पुगेको छैन ।’

नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन भएकोसमेत टिप्पणी गरेका थिए । ‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच वर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक उनीहरूको अधिकारको हनन भएको छ,’ नेपालले तर्क गर्दै आएका छन, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच वर्ष पुग्नेहरूको भावनाविपरीत छ ।’

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गराउने सरकारको निर्णयविरुद्ध भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसंग उल्लेख नगरी उनले त्यस दिन पनि इंगित गरेका थिए । मेयर सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले २ वैशाखमा फैसला दिने गरी पेसी तोकेको छ ।

‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी वैशाख ३० गतेको चुनावको तयारीमा जुटौं,’ नेपालले भन्दै आएका छन् । उनले अधिकांश कार्यक्रममा ‘जे होला-होला, भएमा चुनावमा जाउँला नत्र..’ भन्ने सन्देश दिए पनि एकीकृत समाजावादीले स्थानीय तहको निर्वाचनका लागि स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ को मस्यौदा तयार पारिसकेको छ ।

स्थानीय तहको निर्वाचनमा सुरुदेखि नै अनिच्छुक देखिएका नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा मात्रै मान्न तयार भएका हुन् । नेपाल खासमा असोज-मंसिरमा निर्वाचन गराउने प्रस्ताव गरिरहेका नेता पनि हुन् ।

विप्लव समूहले निर्वाचनमा भाग लिन आग्रह गरेको तथा गठबन्धनका प्रभावशाली नेता नेपालले निर्वाचन सार्ने गरी अभिव्यक्ति दिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ‘निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोकिए दुर्घटना हुन्छ’ भन्ने अभिव्यक्ति दिएर निर्वाचन रोक्न नहुने तर्क गरेका छन् ।

आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको ‘मिडिया अभिमुखीकरण कार्यक्रम’ मार्फत निर्वाचन रोक्ने पहल भएकोतर्फ संकेत गर्दै थपलियाले निर्वाचन रोक्दा लोकतन्त्र हार्ने जवाफ दिएका हुन् । ‘स्थानीय तहको निर्वाचन हुन ३१ दिन मात्रै बाँकी रहेको छ, ३० जिल्लाको मतपत्र छापिएर पठाउने क्रममा रहेको र निर्वाचन अधिकृतहरू नियुक्त भएर कार्यालय स्थापनाका तयारीमा लागेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने, ‘घोषित मितिमा निर्वाचन नभए लोकतन्त्र हार्छ, लोकतन्त्र हार्नु हुँदैन ।’ उनका अनुसार निर्वाचन आयोग ३० वैशाखका लागि सम्पूर्ण तयारीमा जुटेको जनाउँदै तोकिएकै समयमा निर्वाचन गराउन आयोग सक्षम छ ।

यसैबीच निर्वाचन आयोगले नेकपा एसले गत २६ चैतमा आमसभा गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको भन्दै सो पार्टीलाई ३० गतेभित्र जवाफ दिन निर्देशनसमेत दिएको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • netrabari semjong

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

  • neelkantha balmandir iso

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

  • lagu aausatha

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

  • bachar sang

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

  • समाचार
  • १

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ४६ मिनेट अघि

  • २

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ दिन अघि

  • ३

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ दिन अघि

  • ४

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    ३ दिन अघि

  • ५

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    ३ दिन अघि

  • ६

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    ३ दिन अघि

  • ७

    बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ
    ४ दिन अघि

  • ८

    साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
    ४ दिन अघि

  • ९

    बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त
    १ हफ्ता अघि

  • १०

    धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution