काठमाडौं, ९ वैशाख ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने गरी बोलाइएको बैठक अब शनिबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्नेगरी सारिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते विहान ११ बजे बस्ने भएको छ,’ पौडेल भनेका छन् ।
साथै शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |