काठमाडौं, १२ बैशाख ।
आगामी बैशाख ३० गते हुने चुनावको लागि धेरै राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भने घोषणापत्र सार्वजनिक नगर्ने भएको छ ।
माओवादी केन्द्रले भने स्थानीय तह आफै घोषणापत्र बनाउने र केन्द्रबाट जारी नगर्ने बताएको छ। गत चैत्र २२ गते अपिल सार्वजनिक गरेको अपिललाई आधार बनाएर स्थानीय तहले घोषणापत्र बनाउने भएका छन् । स्थानीय स्तरबाटै घोषणापत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिएको हो ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम, एक टोल एक उत्पादन लगायतका विषय समावेश गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |