काठमाडौं, १२ वैशाख ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।
आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ ।
आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ३१, अध्यक्ष पदमा ८७१, उपप्रमुख पदमा ५३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३२२, महिला सदस्य पदमा ३ हजार ५७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |