एजेन्सी
किभ, १७ वैशाख।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए । तर, रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए ।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ । रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |