लमजुङ, १८ वैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,’ उनले भने
स्थानीय निर्वाचनमा आफ्ना उम्मेदावरले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।
‘देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,’ उनले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |