Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ अषाढ ४, बुधबार
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

१ दिन अघि
२

नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

२ दिन अघि
३

धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

३ दिन अघि
४

धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

४ दिन अघि
५

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
६

“बच्छला सन्देश” पुस्तक विमोचन

१ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ हफ्ता अघि
९

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

१ हफ्ता अघि
१०

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

१ हफ्ता अघि
११

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

१ हफ्ता अघि
१२

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

२ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

२ हफ्ता अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

३ हफ्ता अघि
३

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

२ हफ्ता अघि
४

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

२ हफ्ता अघि
५

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

२ हफ्ता अघि
६

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

२ हफ्ता अघि
७

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ हफ्ता अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

२ हफ्ता अघि
९

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

३ हफ्ता अघि
१०

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

३ हफ्ता अघि
११

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ हफ्ता अघि
१२

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

२ हफ्ता अघि

बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
  • ५३१ पटक पढिएको
बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

काठमाडौं, २७ वैशाख 

पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।

तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिए ।

निर्वाचनको सङ्‍घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै आगो सल्किरहेको छ ।

प्रचण्ड राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा तालमेल हुँदा जित हात परेपछि हौसिएका थिए ।  स्थानीय निर्वाचनमा पनि तालमेल हुँदा प्रमुख विपक्षी दल एमालेलाई पराजित गर्न सकिने उनको हिसाब थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए ।

सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन ।  तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्‍याे। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा जित चुनौतीपूर्ण बनेको छ ।

प्रचण्डले सोमबार कांग्रेसबाट तालमेलमा धोका हुन सक्ने चेतावनी यही राजनीतिक पृष्ठभूमिमा दिएका हुन् ।  एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सोमबार नै तालमेलप्रति असन्तुष्टि जनाए ।

उनको असन्तुष्टि भने कांग्रेस र माओवादीप्रति लक्षित थियो । उनले इलाममा भनेका थिए, ‘गठबन्धनको मर्म र भावनाविपरीत तालमेल भयो ।’

तैपनि गठबन्धनबाट भने अलग हुन भने नचाहेको बताए । तर, तालमेलबारे भने समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।

२३ वैशाखमा काठमाडौंको रत्‍नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै भएका छैनन् ।  उनीहरू सहभागी नहुनुको अर्थ तालमेललाई लिएर उनीहरू पनि खुसी छैनन् ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भने विज्ञप्तिमार्फत तालमेलको क्रममा एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै आक्रोश पोखे ।

यसरी गठबन्धनकै चार दलका शीर्ष नेताहरूबाटै निर्वाचन हुन तीन दिन बाँकी छँदा मुख्य रूपमा कांग्रेसप्रति प्रश्‍न गरिरहनु अर्थपूर्ण छ । फेरि, यहीबेला प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘१७ असार’लाई गठबन्धन भत्किने ‘डेटलाइन’ तोकिदिएका छन् ।

हुन त कांग्रेस महामन्त्री विश्‍वप्रकाश शर्माले गृहजिल्ला झापाको धुलाबारीमा पुगेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको योगदान धेरै रहेको चर्चा गरे ।

उनले भनेका छन्, ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्‍नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ।’

दाहाल, नेपालसहितका नेताहरू तालमेलमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट भएका बेला शर्माले उनीहरूलाई फकाउन यसो भनेका हुन्।

पाँच दलबीच गठबन्धन भने तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि भएको हो ।  गठबन्धनकै कारण सङ्‍घीय सरकारसँगै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार एमालेले गुमायो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • samawaya samiti

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

  • hamal sir

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • rojagar mela

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला

  • netrabati dabong gaupalikama education

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

  • समाचार
  • १

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने
    १ दिन अघि

  • २

    नेत्रावतीमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण
    २ दिन अघि

  • ३

    धादिङबेशीमा युवाहरूको सीप अभिवृद्धि, रोजगारी सिर्जना अनि स्वरोजगारीको व्यवस्था गर्ने रोजगार मेला
    ३ दिन अघि

  • ४

    धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा
    ४ दिन अघि

  • ५

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ हफ्ता अघि

  • ६

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ हफ्ता अघि

  • ८

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ हफ्ता अघि

  • ९

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    १ हफ्ता अघि

  • १०

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution