काठमाडौं, २ जेठ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ ।
सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ ।
कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २४ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ ।
हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।
हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख/अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख/अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख/अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख/अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका/अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख/अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।
यस्तै हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |