काठमाडौं, ३ जेठ ।
काठमाडौं मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् ।
वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।
‘ लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका प्रेमकुमार श्रेष्ठले भने ।
उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् ।
यसैैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |