काठमाडौं, ५ जेठ ।
किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्न माग गरिएको छ ।
बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गरेकी हुन् ।
किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकार तोक्नुपर्नेमा जोड दिएका सांंसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |