काठमाडौं, जेठ ७ ।
काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् ।
लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।
शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । अभै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।
९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |