काठमाडौं, ९ जेठ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।
संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ।
तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।
सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे ।
‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने ।
उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको पनि बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |