काठमाडौं, १० जेठ ।
गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन हुने बताएका छन् ।
एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई नेतृत्वको टोलीसँग मंगलबार भएको भेटमा गृहमन्त्री खाँणले गत २८ वैशाखको राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर कार्की मृत्यु भएको विषयमा छानबिन हुने बताएका हुन् ।
छानबिनबाट दोषी देखिएकालाई कारबाही गर्ने मन्त्री खाँणको प्रतिबद्धता छ । ‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा २८ वैशाखको राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |