काठमाडौं, २३ जेठ।
नेपाली कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान उपाअध्यक्ष पुष्पकुमार शाहीले माओवादी केन्द्र र नेकपा एकीकृत समाज वादीका अध्यक्षले आफ्नो दुनो सोझ्याउन पटक-पटक कांग्रेससँग घुर्की लगाउने गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग केही व्यक्तिले प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको शाहीको आरोप छ । उनले प्रचण्ड र नेपालले पटक-पटक यस्ता घुर्की दिँदै आएको बताउँदै घुर्कीले कुनै फरक नपर्ने टिप्पणी गरे ।
‘यो उहाँहरूको पुरानै घुर्की हो । कांग्रेसले पुराना नेताहरू हुन् । ठिकै छ सहयोग गरिदिउ भनेर अप्ठ्यारोमा पर्दा साथ दिन्छ । उहाँहरूले त्यसैको फाइदा लिन खोज्छन् । जुन गलत हो,’ उनी भन्छन् ।
नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताएका छन् । भर्खंरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याए पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको शाहीले बताए ।
उनले केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्न चाहनेहरूले बजारमा नानाथरी कुरा गर्नूको अर्थ नभएको बताए । ‘कांग्रेस जनताको पार्टी हो । वर्षौंदेखि जनताको सेवक बनेर कांग्रेसले काम गरेको छ । अहिले पनि सबै दललाई मिलाएर लगौं । सबै मिलेर गए मुलुकको विकास चाडो हुन्छ भन्ने मात्रै कांग्रेसको चाहना हो । हामीलाई बैशाखी चाहिँदैन । हामी बैशाखी बन्ने हो,’ उनले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |