Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २४, शुक्रबार
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

३ घण्टा अघि
२

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

३ घण्टा अघि
३

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

२ दिन अघि
४

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

३ दिन अघि
५

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
६

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
८

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
९

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
१०

साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी

६ दिन अघि
११

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि
१२

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

३ दिन अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

५ दिन अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

६ दिन अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

३ दिन अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

५ दिन अघि
८

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

४ हफ्ता अघि
९

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

४ हफ्ता अघि
१०

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

२ हफ्ता अघि
११

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

५ दिन अघि
१२

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

४ हफ्ता अघि

४३ करोडभन्दा बढीको बडीलोसन आयात

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (२ साल अघि)
  • ४०९ पटक पढिएको
४३ करोडभन्दा बढीको बडीलोसन आयात

काठमाडौ,२० असार ।

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।

देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसद्देखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।

ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ ।

विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त  परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले रु ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

भारतबाट मात्रै रु १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ ।त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री  रु ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ ।

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि रु २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले रु आठ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

आँखा सजावटका सामान भारतबाट मात्रै रु १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ ।  त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।

त्यस्तै मेकअपका अर्काे सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि रु २८ करोड ६६ लाख ४२ हजार मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै रु ६४ करोड ८३ लाख ५५ हजार मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ ।

विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर  नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ । एघार महिनामा नेपालीले रु पाँच करोड नौ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट रु दुई करोड ५८ लाख ४१ हजार तथा भारतबाट रु दुई करोड ३९ लाख १८ हजार बराबरको नेलपोलिस आयात भएको छ ।

४३ करोडभन्दा बढीको बडीलोसन

विभागको विवरणअनुसार जेठ मसान्तसम्म रु ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले रु १६ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।

भारतबाट मात्रै रु ३१ करोड ४२ लाख ६८ हजार मूल्यमा दुई लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यण्डबाट रु पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेशियाबाट रु दुई करोड ६२ लाख ३५ हजार मूल्य बराबरका लोसन आयात भएका छन् ।

महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ । एघार महिनामा रु ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट रु ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा रु दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ ।

स्याम्पु आयातमा एक अर्ब विदेशियो

हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । चालु आवको ११ महिनामा रु एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ । करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो । स्याम्पुको आयातबाट सरकारले भने रु ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ ।

यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा  रु ५० करोड ५१ लाख २९ हजार बराबरको रकम मुलुक बाहिर गएको छ । एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि रु छ करोड १७ लाख ६६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • JWALAMUKHI BHAWAN SILANYAS

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

  • netrabari semjong

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

  • neelkantha balmandir iso

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

  • lagu aausatha

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

  • समाचार
  • १

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ३ घण्टा अघि

  • २

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ३ घण्टा अघि

  • ३

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    २ दिन अघि

  • ४

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    ३ दिन अघि

  • ५

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    ३ दिन अघि

  • ६

    सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
    ५ दिन अघि

  • ७

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो
    ५ दिन अघि

  • ८

    धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण
    ५ दिन अघि

  • ९

    बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ
    ६ दिन अघि

  • १०

    साझा प्रयासले कृषि क्षेत्रमा आएका चुनौतीहरुको सामना गर्न सकिनेछ : कृषिमन्त्री अधिकारी
    ६ दिन अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution