काठमाडौ,०६ भाद्र
नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ गरिएको छ ।
नेपाली टिम त्यसतर्फ साेमबार साँझ प्रस्थान गर्नेछ । नेपाली टिम शारजाह हुँदै केन्या पुग्ने कार्यक्रम छ । १६ खेलाडीसहित पाँच अफिसियल त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपालले घरेलु टोली केन्यासँग पाँच टी २० खेल र तीन एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । नेपालले यो शृंखलालाई आईसिसी विश्वकप २ को तयारीको लागि हेरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणमा जाने टोलीलाई शुभकामना दिँदै विश्वकप २ अघि यस खेलले राम्रो तयारी हुने बताए ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |