नयाँ दिल्ली, ०२ असोज।
विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलकी २६ वर्षीय शिक्षिकाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन । लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’, प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।
विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पु¥याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |