धादिङ,७ माघ ।
गाउँपालिका भित्रका विद्यालयको शैक्षिक सुधार गर्नको लागि गाउँपालिका तयार रहेको गाउँपालिका अध्यक्ष याम नाथ दनैले बताउनु भएको छ।शिक्षा सुधार गर्न सकेमात्र विकास सम्भव हुने भन्दै यसको लागि गाउँपालिका तयार रहेको बताउनु भएको छ।समाजवाद उन्मुख शिक्षाको आधार, गुणस्तरिय शिक्षाका लागि पूर्वाधार एवम् सिकाइ उपलब्धिमा व्यापक सुधार भन्ने मूल मर्मका साथ पिनाकल कलेज लगनखेल,ललितपुरले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष दनैले सो कुरा बताउनु भएको हो।
शैक्षिक सुधार गर्न विशेषगरी प्रधानाध्यापकहरुको बढी भूमिका रहेको भन्दै संक्रिय भएर काम गर्नको लागि आग्रह गर्नुभयो ।गाउँपालिकाले गर्ने काममा कुनै कसुर नराख्ने भन्दै शिक्षा सुधार गर्ने योजना लिएर पालिका आएर सहयोग गर्ने बताउनुभयो।कहि विद्यालय समायोजन गर्नुपर्ने छ,कतै दरबन्दि मिलान गर्नु पर्ने भन्दै शिक्षा क्षेत्रको समस्या सुधार गर्नको लागि आफु तयार रहेको बताउनुभयो।
अहिले ज्वालामूखी गाउँपालिकाका वडा नम्बर १,२ र ३ वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सुरु भएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत ज्वालामुखी गाउँपालिकाका तिन वटा वडा अन्तर्गतका विद्यालयहरुमा शैक्षिक स्तर सुधारका लागि पिनाकल कलेज लगनखेल, ललितपुरले सहयोग गरिरहेको क्याम्पस प्रमुख डाक्टर ऋषिप्रसाद तिवारीले बताउनुभयो।
धादिङको ज्वालामुखी गाउँपालिकाका तिन वटा वडाबाट शुरु गरेका छौं।उहाँले भन्नुभयो,–‘धादिङका सबै विद्यालयमा यस कार्यक्रम पु¥याउँछौं ।अहिले नुमनाको रुपमा ज्वालामुखीका केहि विद्यालयहरुमा थालनी गरेका छौं । सामुदायिक विद्यालय गुणस्तरिय शिक्षा प्रदान गर्छ भन्ने विश्वास आम नागरिकमा पु¥याउनु पर्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |