–कृष्णराज अधिकारी
बिहानीको हावासँगै सूर्य किरण छदै
चिरविर चिरविर चराहरु आफ्नै गीत भर्दै ।
पखेरीका लालीगुराँस ढकमक फूल्दा
जाईबेली जुली फूल बाटोभरी फूल्दा ।।
जाडो छैन गर्मी हैन आनन्दको बेला
चाडबाड सिंगारीदै भर्छन् सुन्दर मेला ।
कर्मवीर किसानका आशाका दिन आए
उमंगका गीतहरु सारङ्गीले गाए ।।
राष्ट्रसेवक, राजनेता सबको वृद्धि फिरोस्
पौरखीला हातहरुले सिर्जनशीलता भरोस् ।
नयाँ वर्ष नयाँ दिन छोडी नैराश्यता
सम्मुन्नत, समृद्धिको साबमा छ कामना ।। !!
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |