Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ९, बिहिबार
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन

९ घण्टा अघि
२

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

१0 घण्टा अघि
३

बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

३ दिन अघि
४

ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए

४ दिन अघि
५

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

५ दिन अघि
६

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

६ दिन अघि
७

धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

१ हफ्ता अघि
८

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

१ हफ्ता अघि
९

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

१ हफ्ता अघि
१०

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

१ हफ्ता अघि
११

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

१ हफ्ता अघि
१२

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

१ हफ्ता अघि

धेरै पढिएका

१

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

६ दिन अघि
२

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

३ हफ्ता अघि
३

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

२ हफ्ता अघि
४

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

१0 घण्टा अघि
५

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

२ हफ्ता अघि
६

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

२ हफ्ता अघि
७

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

३ हफ्ता अघि
८

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

३ हफ्ता अघि
९

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

४ हफ्ता अघि
१०

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

१ महिना अघि
११

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

४ हफ्ता अघि
१२

गृहिणी महिलाहरुलाई लक्षित गर्दै ब्युटिसियन तालिम सञ्चालन

४ हफ्ता अघि

एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार (२ साल अघि)
  • १४६ पटक पढिएको
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।

आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताउनुभयो । उहाँले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताउनुभयो ।

उहाँले एचआइभी सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताउनुभयो । “राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन । सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा समस्या रहेको छ,” उहाँले भन्नुभयो, “सङ्क्रमित बालबालिकालाई भर्ना नलिएको, सङ्क्रमितको शल्यक्रिया उपचार पनि नगरेको पाइयो ।”

प्रतिवेदनमा पुरुषको तुलनामा सङ्क्रमित महिलाको मानव अधिकार अवस्था थप जटिल रहेको जनाइएको छ । उहाँले भारतमा काम गर्न जाने सङ्क्रमितले सजिलै औषधि नपाएको समेत बताउनुभयो । कामु सचिव खरेलले सङ्क्रमितलाई समाजले सहजै स्वीकार गर्न नसकेको, विभेद र लाञ्छनामा परेको भन्दै स्थानीय तहले आफ्नो पालिकामा कति सङ्क्रमित छ भनेर तथ्याङ्क लिन नसकेको पाएको बताउनुभयो ।

यस्तै, अधिकांश सङ्क्रमितहरु चरम गरिबीको रेखामुनि रहेको, आधारभूत आवश्यकता परिपूर्ति सहज ढङ्गले गर्न नसकेको, पोषण खाद्य सामग्रीको अभावमा जीवन निर्वाह गर्न परेको, एआरटी सेन्टरमा पुग्नका लागि आवश्यक भाडा रकम समेतको अभाव झेल्नु परेको जस्तो समस्या देखिएको आयोगका उपसचिव बुद्धनारायण साहनीले बताउनुभयो ।

यस्तै, सङ्क्रमित र तिनका परिवारहरुका लागि स्वास्थ्य बीमाको सकारात्मक प्रभाव रहेको र भारत बाहेकका राष्ट्रमा गई फर्किआएका व्यक्तिमा कम मात्रामा सङ्क्रमण रहेको आयोगले जनाएको छ । यस्तै, आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा एचआइभी सङ्क्रमित महिला, महिला भएकै कारणले थप लाञ्छना तथा भेदभाव ब्यहोर्न परेको र जीवन निर्वाह, उपचार, बालबच्चाको लालनपालन कार्यमा झन् जटिलता थपिएको उल्लेख गरिएको छ ।

कानुनी आधार प्रमाण नभएका आधारमा नागरिकता नपाएका महिलाहरु थप जटिलता भोग्नु परिरहेको र विद्यालयमा अध्ययनरत सङ्क्रमित बालबालिकाले पहिचान लुकाई अध्ययन गर्ने गरिरहेका, पहिचान खुले खुलाएको खण्डमा शिक्षक, विद्यार्थीसाथीहरुबाट पनि विभिन्न किसिमका घोचपेच, लाञ्छनाजन्य व्यवहार खेप्नु परेको आयोगले जनाएको छ ।

चरम गरिबीको रेखामुनि रहेका घरपरिवारका सङ्क्रमित बालबालिकाहरु दश जोड दुई र उच्च शिक्षा अध्ययन गर्ने कुरा पहुँच बाहिर रहेको उल्लेख गर्दै दश जोड दुई वा उच्च शिक्षा अध्ययन गर्न चाहने सङ्क्रमित विद्यार्थीहरुका लागि पनि राज्यले छात्रवृत्ति लगायतका सुविधा प्रदान गर्नुपर्ने आवश्यक देखिएको आयोगले बताएको छ ।

नागरिकता नपाएको गुनासो
कतिपय एचआइभी सङ्क्रमण भएकै आधारमा नागरिकता नपाएको व्यक्तिहरु फेला परेको जनाइएको छ । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी आधार र प्रमाण अभावको कारणले सङ्क्रमित भएका व्यक्तिहरुले नागरिकता नपाएको, तिनका सन्तानको जन्मदर्ता नपाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नवलपरासी पश्चिममा यस्ता सङ्क्रमित व्यक्तिहरुको सङ्ख्या ९० भन्दा धेरै रहेको जनाएको छ । आयोगले एचआइभी सङ्क्रमितलाई लाञ्छना तथा भेदभावजन्य जस्ता व्यवहारबाट मानव अधिकार संरक्षणका लागि उजुरी संयन्त्र प्रभावकारी बनाउने सरकारलाई सुझाव दिएको छ ।

यस्तै, नयाँ एचआइभी दर लक्ष्यअनुसार घटाउनका लागि समुदाय स्तरमै एचआइभी परीक्षण कार्य प्रभावकारी बनाउनसमेत आयोगले आग्रह गरेको छ । एचआइभी सङ्क्रमण सुईबाट लागूपदार्थ लिने व्यक्ति, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, पुरुष प्रवासी श्रमिक र उनीहरुका परिवारमा उच्च रहेको छ ।

नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौसम्पर्क गर्ने पुरुष र ट्रान्सजेन्डर व्यक्तिहरुमा १९, महिला यौनकर्मीमा नौ, पुरुष यौनकर्मीहरुमा आठ र सुईबाट लागूपदार्थ लिने व्यक्तिहरुमा दुई प्रतिशत रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा २०२० को डिसेम्बरसम्म ३० हजार तीन सय एचआइभी सङ्क्रमित रहेका छन् ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG_0257

    धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन

  • death

    धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

  • beni

    बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

  • jawamukhi sibir

    ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए

  • समाचार
  • १

    धादिङको बेनीघाट रोराङमा अभिभावक शिक्षा अभियान संचालन
    ९ घण्टा अघि

  • २

    धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन
    १0 घण्टा अघि

  • ३

    बेनिघाट रोराङका पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण
    ३ दिन अघि

  • ४

    ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए
    ४ दिन अघि

  • ५

    माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”
    ५ दिन अघि

  • ६

    बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो
    ६ दिन अघि

  • ७

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा
    १ हफ्ता अघि

  • ८

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    १ हफ्ता अघि

  • ९

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    १ हफ्ता अघि

  • १०

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution