धादिङ,४ साउन
धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरीएको छ । जिल्ला समन्वय समितिमा आज एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला स्तरिय खोप समन्वय समितिको सचिवालय धादिङको आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय खोप कार्यक्रम “स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो।वडा, स्थानिय तह हुदै हाल जिल्ला स्तरिय खोप सुनिश्चितता कार्यक्रम गरिएको हो ।कार्यक्रमको अवसरमा स्थानिय तहमा कार्यरत स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य कार्यालयका धादिङका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्थानिय तहका प्रमुख, प्रदेश तथा संघिय सांसदहरु,स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको बागमती प्रदेशका मुख्य मन्त्रि शालिकराम जम्मकट्टेलले आफु मुख्यमन्त्रि भएपछि स्वास्थ्यलाई बिशेष रुपमा हेरेको बताउनु भएको छ । उहाँले धादिङ अस्पताललाई एक सय बेड बनाउने र प्रदेशका सवै संरचनाहरुको जिल्ला जिल्लामा एकिकृत सेवा संचालनको लागी तयारी भैसकेको बताउनु भएको छ ।
उहाँले अव जिल्ला जिल्लाबाट सानातिना कामको लागी प्रदेश धाउन पर्ने अवस्थाको समेत अन्त्य गर्न लागिएको बताउनु भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले धादिङ जिल्ला स्तरीय पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण घोषणा कार्यक्रम जिल्ला स्तरिय रुपमा सम्पन्न गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई धन्यावाद ब्यक्त गर्दै आगामी दिनमा स्वास्थ्यको बिषयमा सहयोग गर्न आफु सदैव प्रतिवद्ध रहेको बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |