धादिङ । धादिङमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका (४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने ३६ वर्षीय मंगल गुरूङलाई पक्राउ गरेको हो।
सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन्। उनी मृत फेला परेको खबरपछि प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट टोली खटिएको थियो। अनुसन्धानको क्रममा मंगल गुरूङको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको प्रहरीले बताएको छ।
सोधपुछ गर्दा सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइदिएको विषयमा खुर्पाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले गरिरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |