धादिङबेशी । नेपाल अडिर्टस एसोसियसन (अडान)को १९ औ स्थापना दिवसको अवसरमा आमाको माया छात्राबासका बिद्याथीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
नेपाल अडिर्टस एसोसियसन (अडान) जिल्ला कार्य समिति धादिङले स्थापना दिवसको अवसरमा छात्राबासमा रहेका २५ जना बिद्यार्थीहरुलाई उक्त सामाग्री सहयोग गरेकोे हो ।
सोहि कार्यक्रमका बिच नेपाल अडिर्टस एसोसियसन (अडान)का केन्द्रिय सदस्य परशुराम सुवेदीले आफ्नो जन्मदिनको अवसर समेत पारेर बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री समेत हस्तान्तरण गर्नु भएका छ । आफ्नो कमाईको केहि हिस्सा सामाजिक काममा लगाउने उदेश्य स्वरुप आफुहरुले असाह्य बिद्याथीहरुलाई सानो भनेपनि सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाई छ ।
सहयोग सामाग्री हस्तान्तरण समारोहमा आमाको माया छात्राबासका ब्यवस्थापन समितिका अध्यक्ष डा. नविन बन्घु पहाडी, सदस्य कृष्ण बहादुर पौडेल,पत्रकार बद्री अधिकारी र नेपाल अडिर्टस एसोसियसन (अडान) जिल्ला कार्य समिति धादिङका सदस्यहरुको उपस्थिति रहेको थियो ।
आमाको माया छात्राबासका बिद्याथीहरुलाई बिभिन्न संघ संस्थाको उत्सव र ब्यक्तिगत जन्मोत्सवको अवसर पारेर सामाजिक ब्यक्तित्वहरुले सहयोग गर्दै आएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |