धादिङ, १३ माघ ।
धादिङ अस्पतालले शनिबार विविध विशेषज्ञ सेवाहरू प्रदान गर्दै १९० जना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। अस्पतालले छालारोग, इन्डोक्राइन (थाइरोइड र सुगर), मुटुरोग, तथा नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरी उल्लेखनीय संख्यामा नागरिकहरूलाई लाभान्वित गरेको हो।
विशेषज्ञ सेवाको विवरणअनुसार, छालारोगका लागि ७६ जना, इन्डोक्राइन सेवाका लागि १६ जना, मुटुरोगका लागि १९ जना, तथा नाक, कान, घाँटीका लागि ७९ जनाले सेवा लिएका छन्। साथै, शनिबार १९ जनाले इकोकार्डियोग्राम सेवा पनि प्राप्त गरेका छन्।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले नियमित रूपमा विशेषज्ञ सेवाहरू सञ्चालन गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
धादिङ अस्पतालले गाउँ र दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उल्लेखनीय योगदान पु¥याइरहेको छ। यसले स्वास्थ्य सेवामा पहुँच नपुगेका नागरिकलाई सहयोग पु¥याउने विश्वास गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |