धादिङबेशी । ११५ ओँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा शुक्रबार धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा धादिङमा क्रियाशिल संघ संस्थाहरुको सहकार्यमा धादिङबेसी एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो ।
नीलकण्ठ नगरपालिकाको आयोजना तथा बिभिन्न संघ संस्थाहरुको सहकार्यमा आज धादिङबेसीमा महिला उद्ययमशीलता उत्सवको आयोजना गरि महिलाहरुको उत्पादनको प्रदर्शनी र विक्रि गर्ने योजना सहितको कार्यक्रम हुँदै छ ।
शुक्रबार साझको दिप प्रज्ज्वलन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतका महिला अधिकारकर्मी तथा स्थानीयबासीको सहभागिथतामा दिप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रममा बोल्दै उप मेयर दिपक विश्वकर्माले महिलाहरुको अधिकार सुनिश्चित गर्दै महिलामाथीका विभेद अन्त्यका लागि स्थानीय सरकार लागि प्रतिवद्ध रहेको बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |