धादिङबेशी । समुदायमा आधारित अनुकूल योजना तथा जलवायु परिवर्तन सम्बन्धी तीन दिने तालिम धादिङबेसीमा सम्पन्न भएको छ । तालिममा गंगाजमुना र खनियावास गाउँपालिकाका समुहहरुबाट छनौट भई आएका २० जना समुदायका अगुवा तथा प्रयास नेपाल धादिङका कर्मचारीहरू गरी ३५ जना सहभागीता रहेका थियो ।
स्थानीय समुदायलाई जलवायु परिवर्तनका असरहरू पहिचान गर्न, त्यसका प्रभाव न्यूनीकरणका उपायहरू अबलम्बन गर्न, जोखिम व्यवस्थापन गर्न र दीगो विकासका लागि अनुकूल योजना निर्माण गर्न सशक्त बनाउने उदेश्यले ३ दिनको तालिम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
तालिममा समुदायमा आधारित अनुकूल योजना, जलवायु परिवर्तन, यसको असर र प्रभाव, प्रकोप स्तरीयकरण लगायतका विषयमा प्रशिक्षक शोहन लाल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । प्रयास नेपाल धादिङ द्वारा आयोजित यो कार्यक्रम आड्रा नेपालसँगको साझेदारीमा सञ्चालित ’उत्थानशील जीविकोपार्जन तथा खाद्य सुदृढीकरण परियोजना’ अन्तर्गत भएको प्रयास नेपाल धादिङका जेण्डर एसोसियट शर्मिला गुरुङले जानकारी दिनुभयो ।
उद्घाटन तथा समापन समारोहमा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका परियोजना अधिकृत दिलीपचन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो
समुदायमा आधारित अनुकुल योजना सम्बन्धि तालिमका खनियाबासबाट सहभागी भएकाहरु नसुन तामाङ,सुजन तामाङ, सोभा तामाङ यसैगरी गंगाजमुना गाउँपालिकाबाट सहभागी भएका राज कुमार कार्कीले जलवायु परिवर्तनको प्रभाव, समुदायमा पर्ने असरहरू र न्यूनीकरणका उपायहरूबारे जीवन उपयोगी ज्ञान हाँसिल गरेको बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |