धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा द्धारा बिरामीलाई फलफुल बितरण गरिएको छ । बिश्व रेडक्रस दिवसको अवसर पारेर बिहिबार बिहान धादिङ अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।
बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ तामाङले बताउनु भयो ।
फलफुल बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख कुलमान बिश्वकर्मा, धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्रि नेम बहादुर श्रेष्ठ लगायत रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |