धादिङबेशी, २६ बैशाख । धादिङको नेत्रावती डबजोङ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ’पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
विहिबार पालिका स्तरिय खोप समन्वय समिति अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलले खोप लगाउन पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाँले जब सम्म सम्पुर्ण नागरिकहरुलाई पुर्ण रुपमा खोप लगाउन शिक्षित गराउन सकिदैन तब सम्म पुर्ण खोप सुनिश्चिता कार्यक्रम निरन्तर भईरहने बताउनु भयो ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चत घोषणा गर्न स्वास्थ्यकर्मीहरुको महत्वपुर्ण भुमिका भएको भन्दै धन्यावाद प्रकट गर्दै आगामी दिनमा अझै आफ्नो कार्य निष्ठावान ढंगबाट सम्पन्न गर्नका लागि आग्रह गर्नु भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |