धादिङबेशी,२६ बैशाख । धादिङको नीलकण्ठ नगरपालिकालाई पुनः पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रमको बिच नीलकण्ठ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिले नगरपालिका प्रमुख भिम ढुंगानालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । पुर्ण खोप सुरक्षित भविष्य, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्थानिय स्रोतको उपयोग स्वमित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आव २०८।०८२ को नीलकण्ठ नगरपालिकाको वडा तथा नगरपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको हो ।
नीलकण्ठ नगरपालिकाका खोप समन्वय समितिका अध्यक्ष भिम ढुंगानाले खोप सुनिश्चित गरिनु भएको बच्चा जन्मिनुभन्दा पहिलादेखिको खोप पाउनुपर्ने बाल अधिकार समेत सुरक्षित गर्दै नगरबासीको स्वास्थ्य सेवा प्रदान गर्न आफु दत्तचित्त भएर लागीरहेको बताउनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |