धादिङ, ३० बैशाख ।
धादिङको सिद्धलेक गाउँपालिकालाई वडा तथा पालिका स्तरीय पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनासम्मका उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पुर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख संकरबाबु दुवाडीले बताउनुभयो । दुवाडीका अनुसार गाउँपालिका भित्रका एक हजार ९९ बालबालिकाहरुले् पुर्ण खोप लगाएका छन् ।
जिल्लाका सबै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेको अवस्थामा सिद्धलेक गाउँपालिकाले सबै सूचकहरु पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख श्यामप्रसाद पोखरेलले बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका उप–प्रमुख कुलमान विश्वकर्माले सामुदायिक स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बर्खे अधिवेशनबाट स्वास्थ्य स्वयंसेविकाहरुको लागी बजेट छुट्याउने बताउनुभयो । उहाँले भन्नुभयो, झोला, छाता, टर्चलाईट, औषधिजस्ता स्वास्थ्य स्वयंसेविकालाई अत्याआवश्यक पर्ने सामानहरु खरिदको लागि स्वास्थ्य शाखालाई यसै हलमार्फत निर्देशन गर्दछु ।
गाउँपालिका उपाध्यक्ष सविता अर्यालले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा स्वयंसेविकालाई थप सेवा–सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता र अन्य स्वास्थ्य सेवा सहज बनाउन उल्लेखनीय कार्य गरेकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान पनि गरिएको छ । गाउँपालिका भित्रका सबै २८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख कुलमान बिश्वकर्मा प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय खोप समन्वय प्रमुख श्याम प्रसाद पोखरेल विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु, राजनिक दलका प्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |