धादिङबेशी, २ जेठ । नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लाको पार्टी संगठन नेतृत्वविहीन र विवादग्रस्त भएको भनी केही संचारमाध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै संचारमाध्याम र सामाजिक सन्जालमा आएको “नेतृत्व विहीन बन्यो माओवादी केन्द्र धादिङ जिल्ला समिति” र “धादिङको माओवादी केन्द्रभित्र विवाद” शीर्षकमा प्रकाशित समाचारहरू भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, “विधानतः नेकपा (माओवादी केन्द्र) को गाउँ र नगर सम्मेलन सम्पन्न भएपछि पुरानो जिल्ला समिति स्वतः विघटन हुने व्यवस्था छ । त्यसअनुसार हाल बागमती प्रदेश समितिको परिपत्रअनुसार २०८२ वैशाखभित्र जिल्ला संयोजकको अध्यक्षतामा जिल्ला भेला सम्पन्न भई पदेन १०० सदस्यीय जिल्ला समिति गठन भइसकेको छ भने सचिव चयनको प्रक्रिया बाँकी रहेको छ ।”
पार्टीले स्पष्ट पारेको छ कि नयाँ संयोजक चयन नभएसम्म विधान अनुसार कमरेड मनराज भण्डारी (शैलेस) संयोजकका रूपमा कार्यरत छन् भने कमरेड पुष्प विक्रम मल्ल (सिंह) जिल्ला इन्चार्जका रूपमा क्रियाशील छन् । यसरी पार्टी नेतृत्व स्थिर र स्पष्ट रुपमा कायम रहेको पार्टीले उल्लेख गरेको छ ।
धादिङ जिल्ला पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी, चरम अन्तरविरोध वा विभाजन नभएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।
यस्तै, पार्टीले धादिङका सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम जनसमुदायलाई भ्रममा नपर्न आह्वान गर्दै माओवादी केन्द्र धादिङ एकताबद्ध रहेको दाबी गरेको छ ।
विज्ञप्तिमा समाचार प्रकाशन गर्ने मिडियाहरुलाई भविष्यमा कुनै पनि खबर प्रकाशन गर्नु अघि सरोकारवाला पक्षसँग आधिकारिक धारणा बुझेर मात्र तथ्यमा आधारित सामग्री सम्प्रेषण गर्न समेत अनुरोध गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |