धादिङ, जेठ ३ – ज्वालामूखी गाउँपालिका, धादिङको आयोजनामा आज ज्वालामूखी–७ स्थित स्थानपति आधारभूत विद्यालयमा सम्पन्न निशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरमा ५६८ जनाले सेवा लिएका छन्।
शिविर रोटरी क्लब अफ नारायणी मिड टाउन, रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउन, तथा एभरेष्ट हस्पिटलको प्राविधिक सहयोगमा आयोजित गरिएको थियो। स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले सातवटा सेवाका माध्यमबाट उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा प्रदान गरिएका सेवाको विवरण निम्नानुसार छ:
जनरल फिजिसियन सेवा : १६९ जना
हाडजोर्नी तथा नसा रोग सेवा : १५४ जना
आँखा जाँच : १२६ जना
दन्त सेवा : ४५ जना
बाल रोग सेवा : ६ जना
छाला रोग सेवा : २७ जना
महिला रोग सेवा : ४१ जना
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयबासी तथा साझेदार संस्थाहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। ज्वालामूखी गाउँपालिकाले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |