धादिङ, १९जेठ । लागू औषध (गाँजा) सम्बन्धी मुद्दामा सम्मानित धादिङ जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी केनाम सिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मिति २०८२ साल जेठ १३ गते उनलाई फेला पारेर पक्राउ गरेको हो । पक्राउपछि उनलाई फैसला कार्यान्वयनको सिलसिलामा सोही दिन धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
धादिङ जिल्ला अदालतले लागू औषध गाँजासम्बन्धी मुद्दामा तामाङलाई चार वर्ष एक महिना कैद र रु. ८०,००० (असी हजार रुपैयाँ) जरिवाना सजाय तोकेको थियो । तर फैसला पछि उनी फरार भएका थिए ।
पक्राउ परेका तामाङलाई अब तोकिएको सजायअनुसार कैद भुक्तान गराउने प्रक्रिया अगाडि बढाउन अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
लागू औषध सम्बन्धी अपराध नियन्त्रणका लागि फरार अभियुक्तहरुको खोजीकार्यलाई तिव्र बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |