Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ ५, आईतबार
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए

१ दिन अघि
२

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

१ दिन अघि
३

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ दिन अघि
४

धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

५ दिन अघि
५

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

१ हफ्ता अघि
६

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

१ हफ्ता अघि
७

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

१ हफ्ता अघि
८

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

१ हफ्ता अघि
९

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

१ हफ्ता अघि
१०

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

१ हफ्ता अघि
११

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
१२

मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान

२ हफ्ता अघि

धेरै पढिएका

१

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

२ दिन अघि
२

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

३ हफ्ता अघि
३

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

१ हफ्ता अघि
४

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

४ हफ्ता अघि
५

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

२ हफ्ता अघि
६

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

२ हफ्ता अघि
७

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

२ हफ्ता अघि
८

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

३ हफ्ता अघि
९

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

३ हफ्ता अघि
१०

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

३ हफ्ता अघि
११

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

३ हफ्ता अघि
१२

सिद्धलेकमा २ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

४ हफ्ता अघि

मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (३ साल अघि)
  • २६६ पटक पढिएको
मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

लमजुङ, २४ मंसिर

मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रा‍लिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।

एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवर्द्धन गर्न टिकट प्रणाली लागु गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङले भने स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो ।

स्याउ हेर्न दिनहुँ  ६०/७० जना आन्तरिक पर्यटक र ३०/४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउने गरेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्छ ।

काठमाडाैँबाट मनाङ घुम्न आएकी सुष्मा केसीले २०० रुपैयाँको टिकट काटेर बगानमा फलेको स्याउ हेरेको बताइन् । उनले भनिन्, ‘दुई सयको टिकटले स्याउबारी घुम्न पाएँ, स्याउ पनि खाएँ, धेरै आनन्दित ठाउँ रहेछ ।’  उनीमात्र होइन राइनासका प्रविन कंडेल पनि गत वर्ष स्याउ बगैंचा घुम्न मनाङ पुगेका थिए । उनी भन्छन्, ‘रमाइलो मौसमको समयमा मनाङको स्याउ बगैंचा डुल्न पाउँदा मन नै आनन्दित भयो । यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न जान लालयित बन्छन् ।’

‘बिदाको समयमा त झन यहाँ अवलोकन गर्न आउनेको घुइँचाे  नै लाग्छ,’ एग्रो मनाङका अध्यक्ष गुरुङले भने । केही घुम्न त, केही स्याउ खेतीबारे जानकारी लिन आउने गरेका छन् । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउ, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, यसको प्रकार, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणाली देखाइने गरिएको छ ।

दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो ।

गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान  गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।

सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुन् । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ । एग्रो मनाङले इटली र सर्भियाबाट स्याउका बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • redcross dhading

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

  • anugaman 1

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

  • gajuri gaupalika news

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

  • public hearing netrabati

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

  • समाचार
  • १

    ज्वालामूखी गाउँपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ५६८ जनाले सेवा लिए
    १ दिन अघि

  • २

    माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”
    १ दिन अघि

  • ३

    बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो
    २ दिन अघि

  • ४

    धादिङको सिद्धलेक पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा
    ५ दिन अघि

  • ५

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    १ हफ्ता अघि

  • ६

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    १ हफ्ता अघि

  • ७

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    १ हफ्ता अघि

  • ८

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो
    १ हफ्ता अघि

  • ९

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
    १ हफ्ता अघि

  • १०

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution