धादिङ,२६ मंसिर ।
धादिङबेसीमा रहेको श्री युनिटि स्वास्थ्य सहकारी संस्था लिमिटेडको कार्यलय तथा पुस्तकालय भवन शिलान्यास गरीएको छ।
आईतबार एक कार्यक्रमका बिच वागमती प्रदेशका मुख्य मन्त्री तथा नेपाल केन्द्रिय स्वास्थ्य सहकारी संस्था लिमिडका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले स्वास्थ्य सहकारी संस्था भवनको शिलान्यास गर्नु भएको हो।
संस्थाको भवन उदघाटन गर्दै मुख्य मन्त्री पाण्डेले सहकारीले थोरै थोरै पुँजी संकलन गरेर आफनै भवनमा कारोबार संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । साथै संस्थाले आफनो विविधिकरण गर्दै कम्तीमा १५ बेडको अस्पताल संचालन गर्ने तर्फ ध्यान दिनुपर्ने र सर्वसुलव स्वास्थ्य सेवा प्रदान गर्नको लागि पहल गर्नुपर्ने पाण्डेले बताउनुभएको छ।
मुख्य मन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा जि स स धादिङका सदस्य कृष्ण अर्याल,गै.स.स महासंघ धादिङका अध्यक्ष शालीकराम दुवाडी लगायतको आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |