काठमाडौं,१० पुस।
नेपालमा गत वर्षदेखि हालसम्म तीनहजार भन्दा बढी मानिस वेपत्ता भएका छन्।नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०७७ र २०७८ को अवधिमा तीन हजार जना मानिस हराएका छन् ।
१८ वर्ष देखि ६० वर्ष भन्दा माथि उमेरसम्मका मानिस हराएको प्रहरीमा जानकारी आएपनि उनीहरु फेला नपरेको नेपाल प्रहरीका प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवर जानकारी दिनुभयो।
केही मानिसहरु फेला परेपनि तथ्याङ्कलाई अध्यावधिक गर्न बाँकी रहेको तर धेरै मासिन फेला पार्न नसकिएको उहाँले बताउनुभयो । कहाँ जान्छन र के गर्छन भन्नेमा प्रहरी समेत चकित हुने गरेको उहाँको भनाई छ ।प्रहरीको तथ्याङ्क अनुसार यसै वर्षको अन्तरालमा मात्र ४५ जना बेवारिसे वालवालिका फेला पारेको जनाएको छ ।
२३ दिन देखि १६ वर्ष उमेरसम्मका यी वालवालिकालाई संरक्षणका लागि विभिन्न वालगृहमा सिफारिस गरेको प्रहरीले जनाएको छ ।प्रहरीमा निवेदन परेका मध्ये अझैपनि नौ जना बालवालिका फेला पार्न नसकिएको प्रवक्ता कुँवरले बताउनुभयो ।
आज हराएका मानिस खोजतलासका लागि निवेदन आएपछि तथ्याङक राखेपनि त्यसको अध्यावधिक नहुदाँ वेपत्ताको तथ्याङक धेरै हुन आएको प्रहरी अधिकारीहरुले जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |