Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २८, मंगलबार १२ : ०१ : ४२
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

२२ घण्टा अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

२२ घण्टा अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

२३ घण्टा अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ दिन अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

२ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

४ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

४ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

६ दिन अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

२३ घण्टा अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

१ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

१ हफ्ता अघि

पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ पौष १७, शनिबार (३ साल अघि)
  • २३९ पटक पढिएको
पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा

सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ। जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ।

नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन्। फिजिसियन डा. भोजराज अधिकारी भन्छन्, ‘अण्डा पोषणको प्याकेज हो।’

मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउँछन्। चिल्लोपना, कार्बोहाइटेड कम  र प्रोटिन बढी  अण्डामा पाइन्छ। उनले भने, ‘शरीरको वृद्धि विकास बढी हुनुपर्‍यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्‍यो।’

अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ। यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारी बताउँछन्। ६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने भन्दै उनले भने, ‘दैनिक दुई वटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ।’ यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पुर्‍याउन सहयोग पुग्छ।

ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै उनले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने तर्क छ। मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै डा. अधिकारीले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताए। मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ।

डा. अधिकारीले भने, ‘हृदयघात हुनबाट पनि यसले रोक्न सहयोग पुर्‍याउँछ।’ अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ। मानिसलाई आवश्यक अधिकांश पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिए।

अस्पतालमा बिरामीका लागि खानेकुरामा पोषणको सन्तुलन मिलाउने गरिन्छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पोषण हेर्दै आएकी खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीलाई अण्डा दिइने गरेको बताउँछिन्। यो राम्रो खालको प्रोटिन भएको भन्दै उनले घाउ निको पार्न, मांशपेसी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति वढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अण्डा उपयोगी हुने बताइन्।

अस्पतालका सामान्य बिरामी मात्र नभएर जटिल भई नाकबाट खाना खुवाउने बिरामीलाई दैनिक अण्डा खुवाउने गरेको श्रेष्ठले बताइन्। प्रोटिन कम भएका बिरामीलाई दैनिक तीन/चार वटासम्म अण्डाको सेतो भाग खुवाउने गरिन्छ। कोही बिरामीको उच्च रक्तचाप र कोल्डस्टोर बढी भएमा पहेँलो भाग नखान भनिएको श्रेष्ठले जानकारी दिइन्।

नेपाल सरकारले आत्मनिर्भर रहेको पोल्ट्री व्यवसायलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट विभिन्न गतिविधि गरिरहेको छ। बागमती प्रदेशको कृषि, पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण पाण्डे अण्डा पौष्टिकतत्वले भरिपूर्ण रहेको बताउँछन्। भिटामिन, मिनिरल्स र प्रोटिन पाइने अण्डाको प्रयोग बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने उनले बताए। डा. पाण्डेले भने, ‘यो सस्तो प्रोटिन हो।’

अण्डाको खपत बढाउनका लागि मन्त्रालयले अभियान सुरु गरेको छ। तीन वर्षमा अण्डा खपत दोब्बर बनाउने मन्त्रालयको योजना रहेको छ। अण्डाको महत्वको बारेमा आमनागरिकलाई जानकारी गराउने, सरकारी निकायमा खानाको तालिकामा अनिवार्य अण्डा राख्ने, बच्चाको खाजामा अण्डा प्रयोग गर्ने, अण्डा खपतका लागि फुड फेष्टिवलमा जोड दिनेजस्ता कार्यक्रम गर्न लागिएको उनले बताए। यससँगै पोल्ट्रीजन्य पदार्थ उत्पादन बढाउन मन्त्रालयले प्रदेश पोल्ट्री विकास बोर्ड गठन गरेर लागत मूल्य तोक्ने र बजार सुनिश्चित गर्ने र गुणस्तरीय दाना भए नभएको परीक्षण गर्नेजस्ता योजना छ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट नेपाल २२ वर्ष अघिदेखि पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भएको भए पनि सरकारी तवरबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गर्छन्। सरकारको नीति स्पष्ट नहुँदा निजी क्षेत्र प्रभावित बनेको उनी बताउँछन्। सरकारले पोल्ट्री विकास समिति र निर्देशक समिति गठन गरेर पनि सक्रिय नभएको उनको दुखेसो छ। अध्यक्ष पाण्डेले भने, ‘सरकारी नीति नियम मान्न निजी क्षेत्र तयार छ तर सरकारी निकाय निष्क्रिय छ।’

क्वारेन्टिन ऐन लागू भए पनि यसमा रहेका कमीकमजोरी संशोधनका लागि पाँच वर्षअघि मस्यौदा बनेर पनि थन्किएर बसेको विष्ट बताउँछन्। मानव शरीरका लागि अत्यावश्यक पौष्टिकतत्व पोल्ट्रीजन्य पदार्थमा प्राप्त हुने भन्दै उनले यसको उचित जानकारी आमनागरिकलाई दिन नसकिएको बताए। पाण्डेले भने, ‘सिंहदरबारमा बसेर बनाएको नीतिले काम गर्न सक्दैन।’ नेपालमा तीन वर्षयता पोल्ट्रीमा थप लगानी कम भएको र भएका उद्योग समस्यामा रहेको उनको तर्क छ। नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको उनी बताउँछन्।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी अण्डाको महत्वको बारेमा आमनागरिकलाई जानकारी गराउनुपर्ने बताउँछन्। नेपालमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गर्दछ। पाँच हजार हाराहारी फार्ममा लेयर्स कुखुरा पालिएका छन् जसमा ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएको तथ्यांक छ। केसीले भने, ‘प्रत्यक्ष, अप्रत्यक्ष सबै जोड्दा सवा लाखभन्दा बढीले यहाँ रोजगारी पाएका छन्।’

कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने कुखुराका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा अण्डा, मासुको लागत मूल्य बढेको बताउँछन्। उनले भने, ‘सरकारले मकै र भटमासमा लिने कृषि शुल्क बढी लिँदा कृषक मर्कामा परेका छन्।’ भन्सार शुल्क, अवैध चोरी पैठारी, अव्यवस्थित क्वारेन्टिन अहिलेको प्रमुख समस्या रहेको लामिछानेको भनाइ छ।

नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन र सङ्कलन गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेल अण्डाको महत्वको बारेमा सरकार र निजी क्षेत्रले सहकार्य गरेर आमनागरिकसम्म सन्देश पुर्‍याउनुपर्ने बताउँछन्। उनले भने, ‘अण्डाको महत्वको बारेमा आमनागरिकलाई बुझाउन सकिएमा यसको खपत निकै बढ्छ।’ आफ्नो समूहले अण्डा उत्पादन बढाएर उपभोक्ताको घरआँगनमा पुर्‍याउने गरी काम गरिरहेको भन्दै उनले उत्पादनसँगै बजारीकरणमा सरकारको सहयोग आवश्यक रहेको बताए।

आज पोल्ट्री दिवस मनाउँदै गर्दा सचेतना जगाउने उद्देश्यले तीन दिनदेखि विभिन्न कार्यक्रम गरिँदै आएको छ। पोल्ट्री व्यवसायी मञ्चका सदस्य मदन पोख्रेलका अनुसार स्कुल, अस्पताल र वृद्धाश्रममा अण्डा वितरण गरिएको छ। सरकारले २०७० सालदेखि पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउन सुरु गरेको हो।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • neelkantha nagrpalika

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • siddalekh gaupalika 2

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

  • sahayatree samaj

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    २२ घण्टा अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    २२ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    २३ घण्टा अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ दिन अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    २ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ४ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ४ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    ६ दिन अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution