Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ जेष्ठ २९, बुधबार १ : ५८ : ५३
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम

१ दिन अघि
२

“बच्छला सन्देश” पुस्तक विमोचन

१ दिन अघि
३

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
४

सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न

१ दिन अघि
५

सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन

३ दिन अघि
६

धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

५ दिन अघि
७

ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास

५ दिन अघि
८

बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण

१ हफ्ता अघि
९

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
१०

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
११

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
१२

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ

१ हफ्ता अघि
२

बेरुजुमा उत्कृष्ट प्रदर्शन: नीलकण्ठ देशभरमा आठौँ, बागमतीमा दोस्रो, धादिङमा पहिलो

३ हफ्ता अघि
३

धादिङमा भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको निधन

२ हफ्ता अघि
४

सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग

१ हफ्ता अघि
५

बहुविवाह मुद्दामा फरार रहेका ब्यक्ति पक्राउ

१ हफ्ता अघि
६

नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय

१ हफ्ता अघि
७

जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

१ हफ्ता अघि
८

माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

३ हफ्ता अघि
९

धादिङको मंगलादेवी माविमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

१ दिन अघि
११

धादिङको त्रिपुरासुन्दरीमा बन्यो अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र

२ हफ्ता अघि
१२

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा नेत्र पौडेल नियुक्त

२ हफ्ता अघि

लेखा समितिमा महिला सांसद कड्किएपछि सचिवले माफी मागे, जवाफ नदिएरै टाप

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०७८ पौष २१, बुधबार (३ साल अघि)
  • २३० पटक पढिएको
लेखा समितिमा महिला सांसद कड्किएपछि सचिवले माफी मागे, जवाफ नदिएरै टाप

काठमाडौं, २१ पुस

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सरकारी कर्मचारीबाट चित्तबुझ्दो जवाफ नपाएपछि सांसदहरु असन्तुष्ट बनेका छन् । मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँगको छलफलमा सांसदहरु रिसाएका हुन् । सांसदले असन्तुष्टि जनाएपछि सचिवले माफी मागेका थिए ।

छलफलको सुरुवातमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उद्योग सचिव बाहिर भएको र विकल्पमा आफू आएको, आफूलाई यो विषयमा धेरै थाहा नभएको आशयमा प्रस्तुति दिएका थिए । उनीपछि राजश्व सचिव कृष्णहरि पुष्कर र कृषि सचिव गोविन्दप्रसाद शर्माले उखु किसानको समस्यामा मन्त्रालयले गरिरहेको काम र समस्याबारे जानकारी गराएका थिए ।

सचिवको प्रस्तुति सकिएपछि सुरुमा बोलेकी माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले कडा असन्तुष्टि जनाइन् । सचिवबाट स्पष्ट जवाफ नआएको भन्दै उनले सभापति भरतकुमार शाहको ध्यानाकर्षण जनाइन् । ‘सचिवहरूको जवाफ चित्त बुझ्दो छैन । फेरि छलफल होस् सभापतिज्यू,’ उनले भनिन् ।

१८ असोज २०७५ मा उठाएको विषय अहिलेसम्म पनि किन हल सकेन भन्दै उनले प्रश्न गरिन । ‘हामीले उद्योग र कृषि मन्त्रालयलाई रणनीतिक योजना बनाउन र तत्काल गर्न भन्यौं । अहिले फेरि त्यहीँ छलफलमा छौं,’ उनले भनिन्, ‘हामीले समाजवाद उन्मुख संविधान भनेका छौं । यहीँ हिसाबले पुग्छ त ? समितिले निर्देशन दिने, प्रतिवेदन बनाउने फेरि छलफल गर्ने यसरी कहाँ पुगिन्छ ?

सांसद पार्वती विशुंखेले पनि ‘समितिले मन्त्रालयलाई निर्देशन दिने मात्रै भयो । यसमा मन्त्रालय किन संवेदनशील भएन ?’ भन्दै यो विषयलाई फेरि छलफलको विषय बनाउनुपर्ने माग गरिन् ।

सांसदको असन्तुष्टिमा जवाफ दिने पालो सुरुमा वाणिज्य सचिव भट्टराईकै आयो । उनले आफूले ‘आफू नयाँ भएको र जानकारी नभएको’ भन्ने आशय नराखेको र त्यो आशयमा नबुझ्न अनुरोध गरे । आफू जिम्मेवार भएरै समितिमा उपस्थित भएको र गैरजिम्मेवार बन्ने आफ्नो कुनै उद्देश्य नभएको बताए । यति हुँदाहुँदै पनि त्यस्तो हुन गएकोमा अथवा लागेकोमा माननीयज्यूसमक्ष क्षमा माग्छु भनेर भट्टराईले विट मारे । त्यसअगाडि उनले सांसदको असन्तुष्टिका बीच कासनको बाँकी भुक्तानी हुनुपर्छ । सिधै किसानको खातामा पुग्नेगरी नयाँ ऐन बनाउनुपर्ने, मूल्य निर्धारणमा सबैलाई समग्रतामा समेट्नुपर्ने, नीतिगत र दह्रो कानुनी प्रबन्ध गर्नुपर्ने सुझाएका थिए । यो बीचमा भट्टराईसँग सांसदको सवाल जवाफ पनि भएको थियो ।

भट्टराई बोलिसकेपछि राजश्व सचिव कृष्णहरि पुष्करले बोल्न सुरु गरे । त्यतिकैमा वाणिज्य सचिव भट्टराई उठेर सभापति शाहकहाँ पुगे । विदा मागे । शाहले हुन्छ भनेर विदा दिए । भट्टराई हिँडेपछि पुष्करले अर्थ मन्त्रालयको यसमा धेरै भूमिका नहुने र कृषि तथा उद्योग वाणिज्य मन्त्रालयबाट आएको प्रस्तावमा समन्वय गर्न तयार रहेको भनेर संक्षिप्त जवाफ दिए । तर धर्मशीला दुबै सचिवको जवाफबाट सन्तुष्ट थिइनन् । उनले पुष्करलाई प्रतिप्रश्न गरिन्, ‘भन्सार छुट के हो ? किन दिन नमिल्ने’ भनेर प्रश्न राखिन ।

‘भ्याटको विषयमा धेरै सोच्नुपर्ने, बहुमुखी विषय हो । कृषि मन्त्रालयले पनि लिडिङ गर्नुपर्ने अवस्था छ । के कस्तो ट्याक्स छुट गर्ने हो, हामी त्यो गर्न तयार छौं । साधन स्रोत क्षमताअनुसार भन्सारको मामिलामा, द्विपक्षीय मामिला भारतमा पनि सहजीकरण गरिरहेका छौं । उखु किसानको हकमा कृषि र उद्योग मन्त्रालयबाट जस्तोसुकै प्रस्तावमा अर्थ मन्त्रालय समन्वय गरेर अघि बढाउँछौं,’ पुष्करको यो जवाफमा धर्मशीलाको चासो भन्सार छुटबारे थियो ।

यसमा पनि पुष्करले ‘लिडिङ मन्त्रालय उद्योग मन्त्रालय भएको र त्यसको प्रस्ताव उद्योगबाटै आउनुपर्ने जवाफ दिए ।

धर्मशीलाले मैले उहाँ (वाणिज्य सचिव भट्टराई)लाई सोध्न खोजेको उहाँ हिड्नुभयो भनिन् ।

त्यसपछि कृषि सचिव गोविन्दप्रसाद शर्माले जवाफ दिइरहेका बेला माओवादी सांसद अमनलाल मोदीले तत्काल राज्यबाटै भुक्तानी दिन मिल्दैन भनि प्रश्न गरेका थिए । कृषि सचिव शर्माले यो प्रश्न वाणिज्य मन्त्रालयबाट सम्बोधन हुने र प्रक्रिया पनि त्यहीँबाट अघि बढ्ने भने । यो प्रश्न गर्दा पनि वाणिज्य सचिव भट्टराई त्यहाँ थिएनन् । अघि नै हिँडिसकेका थिए ।

यी अनुरत्तरित प्रश्नका बीच सभापति शाहले अस्थायी होइन स्थायी रूपले समाधानतिर लाग्नुपर्‍यो भन्दै बैठक सम्पन्न भएको घोषणा गरे ।

तस्बिरमा क्रमश: वाणिज्य सचिव भट्टराई (सेतो कोट) र सांसद धर्मशीला चापागाईं ।

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • bachhala sandesh

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • balkrishna adhikari

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित

  • mawobadi kendra dhading

    माओवादी केन्द्र धादिङको विज्ञप्ती : “पार्टी न त नेतृत्वविहीन छ, न त गुटबन्दी ग्रस्त”

  • redcross dhading

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

  • समाचार
  • १

    गृहिणी महिलाको आत्मनिर्भरता विकासका लागि नीलकण्ठ–१३ मा ब्युटिसियन तालिम
    १ दिन अघि

  • २

    “बच्छला सन्देश” पुस्तक विमोचन
    १ दिन अघि

  • ३

    प्रेस काउन्सिलमा धादिङका अधिकारी मनोनित
    १ दिन अघि

  • ४

    सिद्धलेक गाउँपालिकामा पालिका स्तरिय सार्वजनिक सुनुवाई सम्पन्न
    १ दिन अघि

  • ५

    सहयात्री समाज नेपालको ७औं अधिवेशन सम्पन्न, अध्यक्षमा उर्मिला रेग्मी चयन
    ३ दिन अघि

  • ६

    धादिङमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण
    ५ दिन अघि

  • ७

    ज्वालामुखी गाउँपालिकामा प्रशासनिक भवनको शिलान्यास
    ५ दिन अघि

  • ८

    बेरोजगार महिला पुरुषहरुलाई नेत्रावतीमा एकदिने अभिमुखिकरण
    १ हफ्ता अघि

  • ९

    नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
    १ हफ्ता अघि

  • १०

    लागू औषध (गाँजा) मुद्दाका फरार प्रतिवादी पक्राउ
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    “बच्छला सन्देश” पुस्तक विमोचन

    धादिङ्ग सञ्चार
    २

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    ३

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ४

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ५

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ६

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ७

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ८

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution