अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ ।
एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको एन्फा स्रोतले न्युज कारखानालाई जानकारी दियो ।
वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरूले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो ।
१९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्य किरण राईले थप्न चाहेका तीनसहित २२ विषयमा छलफल भइरहेको छ।
बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |