धादिङ,३० पुस।
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं १ तिप्लिङमा सडक खन्ने क्रममा गएको पहिरोमा बेपत्ताहरू अझै भेटिएका छैनन् ।
बिहिबार बिहान करिब साढे ७ बजे तिप्लिङ्गको पुरु नजिकै लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा झरेको पहिरोले डोजरसहित स्थानिय २५ वर्षिय अनिस तामाङ, काभ्रेका स्काभेटर चालक २७ वर्षिय आकाश तामाङ, र सहचालक २० वर्षिय राजु तामाङ पुरिएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजीका लागि सदरमुकामबाट नेपाली सेनाको शिवदलगणका २० जना शसस्त्र प्रहरी बल धादिङ गुल्मका ११ जना र जिल्ला प्रहरी कार्यालय धादिङ र सेर्तुङ प्रहरी चौकिका ५ जना गरी ३६ जनाको टोलीले खोजी जारी राखेका छन् ।
तर उनीहरुको अवस्था अझै अज्ञात छ ।बिहिबार साँझसम्म खोज्दा नभेटिएपछि आज बिहानबाट पुनःखोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |