कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो ।
गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |