काठमाण्डौ,२९ माघ।
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।
खेल बिहान ११ः४५ बजे ओमानको अल अमरेट क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले हिजो पहिलो खेल ओमानलाई ६ विकेटले हराएको थियो।युएईविरुद्धको पछिल्लो तीन भेटमा नेपालले दुई जित र एकमा हार व्यहोरेको छ। नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।सिरिजको अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो। ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ।नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा हुनेछ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ।फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |